मादक पदार्थ सेवन गरेका एक पुरुषद्वारा श्रीमतिको हत्या

कास्की । जिल्लाको माछापुच्छ्रे गाउँपालिका-२ माझखेतमा एक वृद्धाको हत्या भएको छ ।  जिल्ला प्रहरी कार्यलय कास्कीका अनुसार ६५ वर्षिया श्रीमाया कामीलाई उनकै श्रीमानले सिलौटो प्रहार गरि हत्या गरेका हुन् ।

५५ वर्षका उनका श्रीमान श्रीराम कामीले मादक पदार्थ सेवन गरि सिलौटो प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

मंगलबार बिहान सिलौटो प्रहारपछि गम्भीर घाइते भएकी उनको उपचारको क्रममा पश्चिम क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो ।

हत्या आरोप लागेका श्रीराम कामीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुशन्धान गरिरहेको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment