विभागले बोलायो अफगानिस्तानमा नेपाली श्रमिक पठाउने मेनपावर कम्पनीलाई

काठमाडौं । बैदेशिक रोजगार विभागले अफगानिस्तानमा श्रमिक पठाएका मेनपावर कम्पनीलाई विवरणसहित उपस्थित हुन निर्देशन दिएको छ । विभागले अफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे छलफल गर्नका लागि भोलि (सोमबार) मेनपावर कम्पनीहरुलाई बोलाएको हो ।

रोजगारीका लागि अफगानिस्तान पुगेका नेपालीको अवस्थाबारे यकिन विवरण जानकारीमा राख्न तथा उद्दारका लागि पहल गर्न मेनपावर कम्पानीहरुलाई निर्देशन दिइएको बताइएको छ । विभागले अफगानिस्तानको कुन ठाउँमा कुन अवस्थामा नेपालीहरु छन् भन्ने जानकारी लिने र त्यसले उनीहरुको उद्दार गर्न सहज हुने जनाएको छ ।

विदेशी सैनिक फिर्ता हुन थालेसँगै अफगानिस्तानमा विद्रोही संगठन तालिवानले विभिन्न शहरहरु नियन्त्रणमा लिन थालेको छ, भने विभिन्न देशले आ–आफ्ना नागरिक फिर्ता लैजान थालेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment