एमाले सुदुरपश्चिमकी प्रमुख सचेतक दुर्गाकुमारी नेकपा (एकीकृत समाजवादी)मा खुलिन्

 

काठमाडौं । नेकपा एमाले सुदुरपश्चिमकी प्रमुख सचेतक दुर्गाकुमारी विक माधव नेपाल पक्षमा खुलेकी छन् ।

नेकपा एमाले विभाजित हुँदा तठस्थ बसेकी सचेतक विक हाल नवगठित नेकपा एकीकृत समाजवादीमा खुलेकी हुन् । उनले शनिबार सार्वजनिक रुपमा आफूले एमाले छाडेको बताएकी छन् ।

उनले यसअघि एमाले एक हुँदा पनि माधव नेपालको नीतिलाई अबलम्बन गर्दै आएकाले अब पनि एकीकृत समाजवादीबाटै राजनीति गर्ने उनले बताएकी छन् । आफूबाट प्रतिगमनकारीलाई साथ नहुने उनले बताएकी छन् ।

अछामकी नेतृ रहेकी उनी एमाले उपाध्यक्षसमेत रहेका भीम रावललाई पनि नेताको रुपमा मान्थिन् । तर रावल हाल नेकपा एमालेमै रहेका छन् । तर हाल आएर उनले रावलको साथ छोडेकी छन् । उनी अछाम जिल्लाबाटै निर्वाचित समानुपातिक सांसद पनि छिन् ।

सुदुरपश्चिममा यसअघि भीम रावलको पक्कड मानिन्थ्यो । तर पछिल्लो समय अधिकाँश सांसदले उनको साथ छाडेका छन् । नयाँ पार्टी दर्ता भएपछि प्रदेश र स्थानीय तहरुका प्रतिनिधिहरुले २१ दिन भित्र पार्टी रोज्न पाउने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment