इलाम प्रहरीद्वारा कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्त रत्न वहादुरलाई १२ बर्ष पछी भक्तपुरबाट पक्राउ


इलाम, ७ भाद्रः जिल्ला प्रहरी कार्यालय इलामले बिभिन्न मितिमा बिभिन्न अपराध गरी कानुनी दायरमा नआएका फरार अभियुक्तहरुको खोजतलास अभियानलाई तिव्रता दिएको छ ।

यसै क्रममा १२ बर्ष अगाडि  २०६६ साल बैशाख १ गते साविक इलाम चमैता गाउँविकास समिति वडा नं. १ हाल देउमाई नगरपालिका वडा नं.०१ चमैता स्थित धाराडाँडामा सोही स्थान बस्ने आफ्नै सालो तत्कालीन बर्ष १९ को  युवराज राईको हत्या गरी फरार रहेका  सोही स्थानका तत्काल बर्ष ३४ र हाल बर्ष ४६ का रत्न बहादुर राईलाई  भक्तपुरमा पक्राउ गरेको हो ।  

बिशेष अनुसन्धान पश्चात जिल्ला प्रहरी कार्यालय इलामबाट खटिईएको बिशेष प्रहरी टोलिले भक्तपुर प्रहरीसंग समेतको समन्वयमा निज रत्न बहादुर राईलाई यहि भदौ ४ गते भक्तपुरबाट पक्राउ गरी आवश्यक कानुनी कार्वाहीको लागि इलाममा ल्याईएको छ ।

पक्राउ परेका निज रत्न बहादुर राईलाई आज (सोमबार) इलाम जिल्ला अदालतबाट कर्तब्य ज्यान शिर्षकमा म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले बताए । 

पुरानो मुद्दाको अनुसन्धान तथा कार्वाहीमा हाल बिशेष टिमनै गठन गरेर तिव्रता दिएका जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले बताए ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment