इलाम, ७ भाद्रः इलाममा लगतार लकडाउन गरे पनि पूर्णरुपमा पालना नहुँदा लगतार कोरोनाको ग्राफ वढी रहेको छ । इलामा आज पनि ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज थपिएका ४२ जना सँग इलाममा संक्रमितको संख्या ४८३७ पुगेको छ ।
इलाममा आज संक्रमित हुनेहरुमा इलाम नगरपालिकाका ९ महिला र १० पुरुष, सूर्योदय नगरपालिकामा ८ महिला र ८ पुरुष, देउमाई नगरपालिकामा १ महिला र १ पुरुष, माइजोगमाई गाउँपालिकामा १ महिला र १ पुरुष, चुलाचुली गाउँपालिकाम २ पुरुष र माङसेवुङ गाउँपालिकामा १ महिला रहेका छन् ।
इलामा अहिले सम्म कोरोना संक्रमणका कारण १०४ जनाको मृत्यु भई सकेको छ । इलामा अहिले ९०५ जना सक्रिय संक्रमित रहेका छन् ।
0 comments:
Post a Comment