इलाममा थप १०० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४५० पुग्यो


इलाम, ३१ साउनः दोस्रो लहरको कोरोना संक्रमणको लहर वढेसंगै इलाममा पनि कोरोनाको ग्राफ ह्वात्ते वढेर गएको छ । इलामा आज एकै दिन १०० जनामा कोरोना संक्रमण भएको छ । इलाममा अहिले सम्म ४४५० जनामा कोरोना संक्रमण भई सकेको छ । 

इलाममा आज संक्रमित हुनेहरुमा इलाम नगरपालिकामा १३ महिला र १९ पुरुष,  माई नगरपालिकामा १२ महिला र १३ पुरुष, रोङ गाउँपालिकमा ३ महिला र ११ पुरुष, देउमाइ नगरपालिकमा ५ महिला र ४ पुरुष, माइजोगमाई गाउँपालिकामा २ महिला र ६ पुरुष, सूर्योदय नगरपालिकामा ३ महिला र ३ पुरुष र फाकफोकथुम गाउँपालिकामा २ महिला र ४ पुरुष रहेका छन् । 

इलाममा अहिले सम्म कोरोना संक्रमणको कारण ९५ जनाको मृत्यु भई सकेको छ । इलाममा अहिले ८७६ सक्रिय संक्रमित रहेका छन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment