कुलमान घिसिङको नियुक्ति बदर गर्न माग गर्दै हितेन्द्रदेव शाक्य पुगे सर्वोच्चमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पुनर्वहालीको माग गर्दै सर्वोच्चमा पुग्नु भएको छ । उहाँले सोमबार विद्युत प्राधिकरणमै पुनर्वहाली गर्नुपर्ने भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।

सर्वोच्च अदालतका अनुसार शाक्यले कुलमान घिसिङको नियुक्ति बदर हुनुपर्ने र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा आफूलाई नै कायम गर्न अन्तरिम आदेशको माग गर्नु भएको छ ।

उहाँले आफूलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको आधिकारिक पत्र नआएको पनि रिटमा उल्लेख गर्नुभएको छ । कुलमान घिसिङलाई कार्यकारी प्रमुखमा ल्याएर सरकारले आफ्नो अधिकार हनन् गरेको उहाँले निवेदनमा दावी गर्नुभएको छ ।

शाक्यकै मन्जुरीमा कुलमान घिसिङले बुधबार मात्रै प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकको पद बहाली गर्नु भएको थियो । सरकारले शाक्यलाई भने उर्जा आयोगमा सचिव सरहको सेवा सुविधा दिनेगरी तान्ने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment