कोशी अस्पतालमा रेडियोलोजिष्टको अभाव, विरामीहरु प्रभावित

  • तारा आचार्य,

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा रेडियोलोजिष्ट डाक्टरको अभाव हुँदा भिडियो एक्सरे, एक्सरे र सिटी स्क्यान गराउन आउने विरामीहरु प्रभावित भएका छन् । कोशी अस्पतालमा दैनिक करिब १२ सय विरामीहरु बहिरंग सेवामा उपचारका लागि आउने गर्दछन् ।

ती मध्ये करिब २ सय देखी २ सय ५० जना विरामीहरुको भिडियो एक्सरे गर्नुपर्ने हुन्छ भने २५ जनाको सिटी स्क्यान गर्ने गरिएको छ । तर, रेडियोलोजिष्टको अभावमा दैनिक १ सय २० जनाको मात्र भिडियो एक्सरे हुने गरेको कोशी अस्पतालले जनाएको छ ।

नेपाल सरकारको दरबन्दीको रेडियोलोजिष्ट नभएको तथा विकास समिति र करार गरेर तीन जना मात्र रेडियोलोजिष्ट कार्यरत रहेकाले समस्या भएको कोशी अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट डा. चुमनलाल दासले बताए ।

कोशी अस्पतालमा सरकारी दरबन्दी बाहेकका ५ जना रेडियोलोजिष्टहरु रहेकोमा विरामीको चापका कारण एकै पटक चार जनाले राजीनामा दिएपछि केही दिन अस्पतालको सेवा नै प्रभावित भएको थियो । पाँच जना रेडियोलोजिष्ट आवश्यक भएकोमा दुई जना रेडियोलोजिष्ट करारमा राखिएपछि भिडियो एक्स–रे र सिटी स्क्यान सेवा सूचारु भएपनि नियमित हुन सकेको छैन ।

रेडियोलोजिष्टको अभावका कारण अझै पनि विरामीहरुले तत्काल रिपोर्ट नपाउदा समयमा उपचार गराउन समस्या परेको छ । नेपाल सरकारको दरबन्दी अनुसारको दुई जना रेडियोलोजिष्टका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पहल गरिरहेको कोशी अस्पतालले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment