माधव नेपाल र रामकुमारी झाँक्रीसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्राचार

काठमाडौं । एमालेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयलाई पत्र बुझाइएको छ । पार्टीको निर्देशन र अनुशासन विपरीत कार्य गरेको भन्दै उनीहरुलाई पदबाट हटाउन माग गर्दै सचिवालयलाई पत्राचार गरेको जनाइएको छ ।

पदबाट हटाउन माग गरिएको एमालेका १४ संसद्हरु माधव नेपाल,रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी,जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपानेलाई रहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment