इलाममा थप ६१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५११ पुग्यो


इलाम, १ भदौँः कोरोनाको दोस्रो लहर वढे सँगै इलाममा पनि संक्रमितको ग्रफ वढेको छ । आज एकै दिन इलाममा थप ६१ जनामा कोरोना संक्रमण देखिएको छ । आज थपिएका ६१ संक्रमित सँग इलाममा ४५११ जना संक्रमितको संख्या पुगेको छ ।

इलाममा आज संक्रमित हुनेहरुमा इलाम नगरपालिकाका ८ महिला र ९ पुरुष, माई नगरपालिकामा ९ महिला र ६ पुरुष, सूर्योदय नगरपालिकामा ७ महिला र  ५ पुरुष, देउमाई नगरपालिकामा ३ महिला र ४ पुरुष, माङसेवुङ गाउँपालिकामा १ महिला र ४ पुरुष, फाकफोकथुम गाउँपालिकामा ४ पुरुष र सन्दकपुर गाउँपालिकामा १ पुरुष रहेका छन् । 

इलामा अहिले सम्म कोरोना संक्रमणको कारण ९५ जनाको मृत्यु भई सकेको छ । इलामा ९०४ जना सक्रिय संक्रमित रहेका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment