राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेव ह्वाटमोरले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेव ह्वाटमोरले पदबाट राजीनामा दिएका छन् । आईसीसी विश्वकप लिग–२ का लागि ओमानमा रहेका विश्वकप विजयी प्रशिक्षक ह्वाटमोरले शुक्रबार राजीनामा दिएका हुन् ।

ह्वाटमोरले नेपाल क्रिकेट संघ (क्यान)लाई पत्र लेख्दै मुख्य प्रशिक्षकबाट राजीनामा दिएको बताएका हुन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार ह्वाटमोरले आफ्नो व्यक्तिगत तथा घरायसी कारणले र परिवारलाई धेरै समय दिनुपर्ने भएकाले ओमान भ्रमणपछि आवद्ध हुन नसक्ने आशयको इमेल पठाएका छन् ।

ह्वाटमोरले आफ्नो एजेन्टमार्फत् इमेल पठाएपनि क्यानले भने अहिलेसम्म जवाफ पठाएको छैन । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यसबारे व्यक्तिगत रुपमा प्रशिक्षक ह्वाटमोरसँग एक पटक कुरा गर्ने बताएका छन् ।

गत जनवरीमा मात्रै ६७ वर्षीय ह्वाटमोर नेपालको प्रशिक्षकमा नियुक्त भएका थिए । उनको डिसेम्बरसम्म क्यानसँग सम्झौता रहेको थियो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमानमा छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment