नेरेसो इलामद्वारा ६ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

 


इलाम, ७ भाद्रः  नेपाल रेडक्रस सोसाइटी इलाम शाखाले इलाम जिल्लाका चार वटा स्थानीय तहलाई करिव छ लाख बराबरको स्वास्थ्य सामग्री उपलव्ध गराएको छ । शाखाका सभापति शिव प्रसाद गौतम सहितको टोलीले शुक्रबार सुर्योदय नगरपालिका, माइ नगरपालिका, रोड. र चुलाचुली गाउँ पालिकामा सामग्री हस्तान्तरण गरेको हो । 
सुर्योदय नगरपालिका र राड. गाउँ पालिकालाई एक एक थान अक्सीजन कन्सनट्रेटर, एक एक थान वाटर प्युरिफायर, दश दश थान पी पी इ सेट हस्तान्तरण गरिएको नेरेसो इलामका परामर्षदाता रोमनाथ आचार्यले जानकारी दिनुभयो । 
माइ नगरपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर, दश थान पी पी इ सेट र चुलाचुली गाउँपालिकालाई नौ थान पी पी इ सेट र एक थान वाटर प्युरिफायर उपलव्ध गराइएको थियो । 
नेपाल रेडक्रस सोसाइटी केन्द्रबाट प्राप्त सामग्री स्थानीय उपशाखाहरुको समन्वयमा हस्तान्तरण गरिएको थियो । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment