परराष्ट्रले उपलब्ध गराएको सेवामा अफगानिस्तानबाट १३४ नेपाली सम्पर्कमा आए

काठमाडौं । परराष्ट्र मन्त्रालयले आह्वान गरेको अनलाई माध्यममा अफगानिस्तानबाट १३४ नेपाली सम्पर्कमा आएका छन् । उद्धारको लागि सहज होस भन्ने उदेश्यले मन्त्रालयले उपलब्ध गराएको उक्त माध्यमहरुमा १३४ नेपाली सम्पर्कमा आएका हुन् ।

आइतबार परराष्ट्र मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै अफगानिस्तानमा रहेका नेपालीहरुका लागि अनलाइन रजिस्ट्रेसनसहित सम्पर्क गर्न सक्ने गरी भाइबर, हृवाट्सएप सुविधासहितको मोबाइल नम्बरहरु सार्वजनिक गरेको थियो । उक्त माध्यम मार्फत त्यतिका संख्यमामा सम्पर्कमा आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले उपलब्ध गराएको उक्त माध्यमहरुमा अफगानिस्तानमा अलपत्र वा उद्धारको स्थितीमा परेका जो कोहीले पनि फारम भर्न सक्ने बताइएको छ ।

जसका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा गएर आफ्नो विवरण भर्न सकिने छ । यो माध्यमको सेवाले अवैधानिक रुपमा आफगानिस्तान पुगेका नेपालीहरुका लागि सहज हुने परराष्ट्र मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले उद्धारका लागि कन्सुलर विभागको ९७७-९७७४९३२६४५८ मा र मन्त्रालयको ९७७-९७७४९३२६४५९ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

यस्तैगरी प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री वालकृष्ण खाँडले पनि अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धारका लागि तत्काल गृहकार्य गर्न अधिकारीहरुलाई निर्देशन दिइसक्नु भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment