कांग्रेसले १३ जिल्लाको क्रियाशील सदस्यता विवाद आजै टुंग्याउने

 

काठमाडौं । कांग्रेसले विभिन्न १३ जिल्लाको क्रियाशील सदस्यता विवाद आजै टुंग्याउने तयारी गरेको छ । आज शुक्रबार साँझसम्म टुंगो १३ जिल्लाको क्रियाशील सदस्यता विवाद हल गर्ने कांग्रेसको तयारी रहेको छ ।

१३ जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएर निर्वाचन समितिलाई विवरण दिइने बताइएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले क्रियाशील सदस्यता विवाद टुंग्याएसँगै १३ जिल्लाका क्रियाशील सदस्यता टुंगोमा पुर्याउन लागेको छ ।

१३ जिल्लाको क्रियाशील सदस्यता टुंगोमा पुगेपछि निर्वाचन समितिले वडा अधिवेशनको मिति तोक्ने र दशैँअघि नै ती जिल्लामा पनि पालिका तहको अधिवेशन भइससक्ने गरी काम भइरहेको बताइएको छ ।

शुक्रबार १३ जिल्लाका क्रियाशील सदस्यता टुंगोमा पुगेपछि ६४ जिल्लामा शनिबार पालिकाको अधिवेशन अघि बढाइने बैठकले निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment