इलाममा कोरोना संक्रमणको कारण थप २ जनाको मृत्यु, २३ संक्रमित थपिए


इलाम, ४ असोजः कोरोनाको दोस्रोलहरको ग्राफ अझै इलाममा घटेको छैन । इलाममा आज थप २३ जनामा संक्रमण देखिएको छ । आज थपिएका २३ जना सँगै संक्रमितको संख्या ५६१३ पुगेको छ ।

आज संक्रमित हुनेहरुमा इलाम नगरपालिकामा ५ महिला र १ पुरुष,  सूर्योदय  नगरपालिकामा ३ महिला र ३ पुरुष, माई नगरपालिकामा १ महिला र ४ पुरुष, रोङ गाउँपालिकामा १ महिला र ४ पुरुष र चुलाचुली गाउँपालिकामा १ जना महिला रहेका छन् । 

इलाममा आज थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सूर्योदय नगरपालिकमा १ जना र चुलाचुली गाउँपालिकामा १ जना रहेका छन् । इलाममा कोरोना संक्रमणको कारण १२७ जनाको मृत्यु भई सकेको छ । अहिले इलाममा २७२ जना सक्रिय संक्रमित रहेका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment