माओवादी अध्यक्ष ‘प्रचण्ड’ले भेटे झलनाथ खनाललाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग भेट गर्नु भएको छ । अध्यक्ष ‘प्रचण्ड’ले नेता खनालसँग बुधबार बिहान भेट गर्नु भएको हो ।

भारतमा उपचार गराइ भर्खरै नेपाल फर्कनु भएका नेता खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अध्यक्ष प्रचण्ड उहाँकै निवास डल्लुमा पुग्नु भएको हो । भेटका क्रममा अध्यक्ष प्रचण्डले नेता खनालको स्वास्थ्य लाभको कामना गर्नु भएको थियो ।

नेता खनाल उपचारको क्रममा भारतमै रहेका बेला नेकपा एमाले विभाजित भई नेकपा (एस) बनेको थियो ।

माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भइ उक्त पार्टीले अधिकारिकतासमेत पाइसकेको छ । नेता खनालको भारतमा किड्नी प्रत्यारोपण गरिएको थियो।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment