प्रदेश १ का १० सांसद एमाले छाडेर नेकपा (एस) मा, मुख्यमन्त्री धरापमा

विराटनगर । प्रदेश नम्बर १ का नेकपा एमालेका १० सांसदहरुले पार्टी छाडेर नेकपा (एकीकृत समाजवादी पार्टी) रोजेका छन् ।

बुधबार १० सांसदमध्ये ७ सांसदले प्रदेशस्थित निर्वाचन आयोगमा गएर नेकपा (एस) मा हस्ताक्षर सनाखत गरेका छन् भने बाँकी ३ जनाको सनाखत हुन बाँकी रहेको बताइएको छ ।

हस्ताक्षर सनाखत गर्न बाँकी रहेकामा उपेन्द्र घिमिरे, कृष्णकुमारी राई र राजेन्द्र राई रहेका छन् ।

१० सांसदले माधव नेपालको नेतृत्वमा गठित नेकपा (एस)लाई रोजेपछि मुख्यमन्त्री भीम आचार्यको पद अल्पमतमा परेका छन् ।

१० सांसदले नयाँ पार्टी रोजेसँगै १० भदौमा मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यको पद धरापमा परेको छ । अब, उनले अल्पमतमा परेपछि विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment