झापामा ओलीको आक्रोश : एमालेले नै जोगाइदिएको प्रचण्डले आज संसदमा फुर्ती देखाउने ?


झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमालेले जोगाइदिएको साखका कारण माओवादी अध्यक्ष प्रचण्डले संसदमा फुर्ती देखाइरहेको दावी गरेका छन् ।

शनिबार गृहजिल्ला झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड एमालेले जोगाइदिएको साखकै कारण संसदमा फुर्ती देखाइरहेको बताए ।

उनले भने, ‘अहिले प्रचण्डले जे फुर्ती लगाइरहेका छन् । त्यो हामीले जोगाइ दिएको हो।’

उनले अब प्रचण्ड समानुपातिकमा बस्ने बताउँदै आउँला र खाउँला भनेर आशामा रहेको तर त्यो नहुने उनले दावी गरे ।

उनले भने, ‘हामी फेरि चुनाव जित्छौँ । हामी देश बनाउन सक्छौँ। उहिले संसद्मा‌ जे फुर्ती–फार्ती छ । त्यो हामीले गर्दा भएको हो । आगामी चुनावमा माधव नेपालले जितेर देखाउन्, प्रचण्डले चुनाव जितेर देखाउन्।’

त्यस्तै माधव नेपाल बाहेक अन्य नेताहरुलाई एमालेमा ठाउँ रहेको बताएका छन् । अध्यक्ष ओलीले माधव नेपालाई भने ठाउँ नरहेको बताए ।

उनले भने, ‘माधव नेपालबाहेक अरु साथीहरु एमालेमै फर्किए हुन्छ। फोहोरी तत्वहरु थुपारेर काम छैन। त्यसकारण मैले भनेको हो । माधव नेपालजस्ता अपराधी तत्वलाई फेरि एमालेले ठाउँ दिँदैन। अरु साथीहरु फर्किए हुन्छ।’

अध्यक्ष ओलीले माधव नेपालअनुशासनहिन, अराजक भएको बताए । उनले नेता नेपाललाई बिग्रिएको आलुृको संज्ञा दिँदै एक आलु बिग्रिए सबै आलु कुहिन सक्ने भएकाले एमाले उक्त खतराबाट जोगिउको बताए । माधव नेपाल एमालेबाट निस्किएर कुचोले बढार्नु पर्ने कसिंगर हावाले उडायो भनेजस्तै भएको अध्यक्ष ओलीले बताए ।

त्यस्तैगरी अध्यक्ष ओलीले आगामी चुनावमा माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनाव जितेर देखाउन चुनौति समेत दिएका छन् । उनले आगामी निर्वाचनमा एमाललेले बहुमतका साथ चुनाव जित्ने दावी गरे ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment