आजको राशिफल : कातिक ११ गते, बिहीबार


विसं २०७८ साल कातिक ११ गते, बिहीबार, कातिक कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबार २८ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– सप्तमी, ८ः१७ बजे उप्रान्त अष्टमी । नक्षत्र– पुनर्वशु ६ः३९ बजे उप्रान्त तिष्य । योग– साध्य, २४ः १८ बजे उप्रान्त शुभ । करण– वव ८ः१७ बजेदेखि वालव, २०ः५३ बजे उप्रान्त गर । काठमाडौंमा सूर्योदय बिहान ६ः१३, सूर्यास्त बेलुकी ५ः२२ बजे ।

मेष : कार्य कुशलतापूर्वक निर्वाह गरिनेछ । मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सामन्य समस्या आउछन् । अध्ययन राम्रो रहेछ ।

वृष : सोचे अनुरुप आर्थिक लाभ वा कार्यसफलता प्राप्त हुनेछ । राजनैतिक धोका हुनाले मनमा अशान्ति हुनेछ । प्रेम प्रस्ताव आउनेछ ।

मिथुन : व्यापार व्यवसायदेखि अर्थिक लाभ मिल्नेछ । पारिवारिक सम्बन्ध राम्रोरहनेछ । टाउको सम्बन्धी समास्या बढ्नेछ ।

कर्कट : आर्थिक तथा सामाजिक क्षेत्रमा समास्या बट्ने छन् पारिवारिक तनाव हुनाले मनमा कुरा खेल्ने छन् हनुमानको दर्शन गर्न राम्रो हुनेछ ।

सिंह : बोलिको प्रभावले गर्दा रोकिएका काम बन्नुका साथै नयाँ काम थालनी गर्ने योग रहेकोछ । स्वास्थ्यमा सुधार आउनेछ । अध्ययन राम्रो रहेछ ।

कन्या : प्रेम प्रेमिकाबीच नयाँ सम्बध अगाडि बढ्नेछ । व्यपारिक दृष्टिले महत्वपूर्ण दिन रहनेछ । भेटघाट तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

तुला : स्वास्थ्यका कारण महत्वपूर्ण कार्य रोकिनेछ मित्रजनको सहयोगले आर्थिकलाभ प्राप्त हुनेछ बोल्दा विचार गर्नुहोला समस्या आउने देखिन्छ ।

वृश्चिक : व्यापार व्यवसायदेखि आर्थिक लाभ प्राप्त हुनेछ । यात्राको सुअवसर मिल्नेछ । रोकिएका कामहरु बन्नेछन् । स्वास्थमा सुधारहनेछ ।

धनु : वैदेशिक यात्रा तथा कार्य कुशलता प्राप्तहुने छ । प्रेमप्रेमिका बीच विवाद उत्पन्न हुनेछ । ढाड सम्बधी समस्या आउने देखिन्छ ।

मकर : आफन्तदेखि टाढिनु पर्ने केही महत्वपूर्ण सामाग्री हराउने वा चोरी सम्भवना छ । नयाँ ठाऊँको अवलोकन गर्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ : स्वास्थ्यमा सुधार आउनेछ । रोकिएका काम बन्नाले उत्साह थपिनेछ । भेटघाटले नयाँ अवसर प्राप्त हुनेछ । प्रेम सम्बन्ध अगाडी बढ्ने छ ।

मीन : बोलिको प्रभाव बढ्नेछ । रोकिएका कार्यहरु बन्नाले उत्साह थपिनेछ । अध्ययन गर्ने रुचि कम हुनेछ । पारिवारिक तनाव थपिने देखिन्छ । मित्रसहयोग प्राप्त हुनेछ ।

ज्योतिष अर्जुनप्रसाद न्यौपानेबाट
सम्पर्क नम्बर : ९८४१७९६७८८


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment