बझाङमा पहिरो : गाँवै पुरिँदा २३ जना बेपत्ता, वर्षाका कारण प्रहरी र स्थानीय जनप्रतिनिधि पुग्न सकेनन्

बझाङ । अविरल वर्षाका कारण बझाङको थलारा गाउँपालिका– ४ डिख्लामा गएको पहिरोले गाउँ नै पुरिएको छ । मंगलबार बिहान पहिरोले गाउँका ७ घर पुरिँदा २३ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरुको खोजी कार्य जारी भए पनि भेट्टाउन सकिएको छैन । बेपत्ता हुनेमा स्थानीय गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन् ।

मंगलबार बिहानै पहिरोले गाउँ पुरे पनि टेलिफोन सेवा अवरूद्ध भएका कारण प्रहरीलाई खबर गर्न नसकिएको बताइएको छ । हाल वर्षा भइरहेकाले स्थानीय जनप्रतिनिधि समेत घटनास्थल पुग्न नसकेको खबर प्राप्त भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment