मनपरी भाडा असुल्ने सवारीलाई ट्राफिकको डण्डा !

काठमाडौं । मनपरी भाडा लिने सवारी साधानका विरुद्ध कोटेश्वर ट्रफिक कडा रुपमा प्रस्तुत भएको छ ।

चाड पर्वको मोका छोपी सवारी साधनमा जथाभावी भाडा उठाने गुनासो यात्रुहरुले आउन थालेपछि कोटेश्वर ट्रफिक कडा रुपमा प्रस्तुत भएको हो ।
महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरले आफ्ना मातहतका विभिन्न क्षेत्रमा सवारीमा चेकजाँच गर्ने गरेको छ ।

यात्रुहरुले सवारी भाडामा अनियमितता भएको गुनासो गरेपछि प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक राम कृष्ण देभकोटा आफै सवारी साधनमा भाडामा हुने अनियमितता गर्नेहरुलाई कारवाही गर्न फिल्डमा खटिएका हुन् ।

उपत्यका बाहिर जाने/आउने सवारीको चलानीमा उल्लेख गरिएको भाडादर र विभागले तोकेको दरमा फरक परेपछि यी सवारीलाई कारबाही गरिएको कोटेश्वर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक रामकृष्ण देवकोटाले बताए । बढी भाडा लिने सवारीलाई कारबाहीको दायरामा ल्याईएको छ ।
अनुगमन र गुनासाका आधारमा दर्जनौ सवारी साधनलाई कारबाही समेत गरिएको प्रहरीले जनाएको छ ।

बढी भाडा लिने सवारीको जानकारी विभागको हटलाइन नं. ९८५१२७३२२२ र नेपाल प्रहरीको निःशुल्क नं. १०० एवं १०३ मा फोन गरेर उजुरी गर्न सकिने देवकोटाले बताए ।

‘ठाँउ ठाँउबाट यात्रुहरुको गुनासो आएपछि हाम्रो टोली खटिएका हौं । सवारी भाडादरमा अनियमितता गर्नेसबैलाई कारवाही गर्छौं,’ प्रहरी निरीक्षक देवकोटाले भने ।

सधै सडकमा खटिने ट्राफिक प्रहरीले कारबाही मात्र नभई कोरोना जोखिमलाई मध्यनजर गर्दै सचेतना नियम पालना गराउन लागि परेको छ । कोरोनासँग सम्बन्धित सचेतना लेखिएका प्लेकार्ड लिएर सडकका चोक चोकमा देखिन्छन् ।

प्लेकार्डमा सधैँ मास्क लगाएर यात्रा गरौँ, सवारी साधनमा सामाजिक दुरी कायम गरौँ, जथाभाबी हिँडडुल नगरौँ र ट्राफिक नियमको पालना गरौँ जस्ता कुराहरू लेखिएका छन्।

कोटेश्वर ट्राफिकले समय समयमा जनमुखी कार्यक्रमहरु समेत गर्दे आईरहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment