गमगढी बजारमा भीषण आगलागी, २१ वटा घर जले


कालीकोट । मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ ।

आगलागीमा २१ वटा घर जलेर पूर्ण नष्ट भएको छ । आगो नियन्त्रणमा लिने क्रममा एउटा कच्ची घर भत्काइएको छ । आगोलाई फैलिनबाट रोक्न बीचमा रहेका गोरख मल्लको एउटा कच्ची घर भत्काइएको हाे ।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार गएराति साढे १२ बजेतिरबाट खिम्मे लामाको घरमा बालेको दियोबाट आगलागी सुरु भएको थियो ।

सुरक्षाकर्मीहरुले स्थानीयको सहयोगमा बिहान साढे ४ बजे आगो केही नियन्त्रणमा लिएको महतले जानकारी दिनुभयो । साँघुरो र बाक्लो बजारका कारण धेरै नोक्सानी भएको उहाँको भनाइा छ ।

आगलागीमा मानवीय क्षति भएको छैन । क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment