
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ र सफा काठमाडौं बनाउनेबारे आफ्नो धारणा व्यक्त गरेकी छन् ।
शनिबार काठमाडौंको स्वयम्भूमा पुनर्निर्माण गरिएको ज्ञानमाला भजन खलः भवनको उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले स्वच्छ र सफा काठमाडौं बनाउन विद्युतीय सवारी साधन सञ्चालन गर्नुपर्ने सल्लाह दिएकी हुन् ।
राष्ट्रपति भण्डारीले पेट्रोलियम पदार्थले मुलुकमा भार थोपरेको भन्दै विद्युतीय सवारी साधनको प्रयोग गर्नु उत्तम रहेको बताइन् । विद्युतीय सवारी साधनको न्यून प्रयोगलाई बढाएर स्वच्छ र सफा काठमाडौं बनाउनुपर्ने उनले पुनः जोड दिइन् ।
यसैगरी राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकामा वाय प्रदूषण बढाइरहेका इाटाभट्टाहरूमा पनि विद्युतीय ऊर्जालाई प्राथमिकता दिनुपर्ने बताएकी छन् ।
यसका लागि नेपालमा स्रोत साधनको कुनै कमी नभएको बताउँदै राष्ट्रपति भण्डारीले देशमा विद्युत उत्पान बढिरहे पनि त्यसको पर्याप्त प्रयोग गर्न नसक्नु कमजोरी रहेको बताइन् ।
0 comments:
Post a Comment