आजको राशिफल : मंसिर ५ गते, आइतबार


विसं २०७८ साल मंसिर ०५ गते, आइतबार, मार्ग कृष्णपक्ष । ईश्वी सन् २०२१ नोभेम्बर २१ तारिख । नेपाल संवत् ११४१ । कछmालागा । दक्षिणायन । हेमन्त ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– द्वितीया, १७ः३८ बजे उप्रान्त तृतीय । नक्षत्र– रोहिणी, ६ः२ बजे उप्रान्त गर । योग– सिद्द, २९ःबजे उप्रन्त साध्य । करण– वव ६ः२ बजेदेखि गर, १७ः३८ बजे उप्रान्त वव। काठमाडौंमा सूर्योदय बिहान ६ः३० सूर्यास्त बेलुकी ५ः०८ बजे ।

मेष : अध्ययनमा निकै परिश्रम गर्नुपर्ने छ । आर्थिक अभावका कारण व्यवहारिक कठिनाइ आइपर्ने छ । िस्वास्थ्यमा पेटसम्बधी समस्या आउनसक्छ ।

वृष : आय आर्जनका निम्ति घरदेखि टाढा जानुपर्नेछ । अध्ययन कार्यमा सफलता राजनैतिक प्रतिनिधित्व प्राप्तहुनेछ । सध्याकालपछि स्वास्थ्यले साथ दिनेछ ।

मिथुन : मनमा अनेक कुराहरु खेल्नेछन् । पारिवारिक भेटघाटमा व्यस्त भइनेछ । धार्मिक क्षेत्रमा सहभागी भइनेछ । विद्यार्थी वर्गको लागि राम्रो दिन रहने छ ।

कर्कट : स्वास्थ्यमा सामान्य समस्या आउनेछ । महत्वपूर्ण भेटघाटले नयाँ कामहरु बन्नेछन् । प्रेमिको काम कारण अध्ययमा वाधा हुनेछ ।

सिंह : बोलीको प्रभाव बढ्नेछ । रोकिएका कामहरू बन्नेछन् । कृषक वर्षको लागि उपयुक समय रहने छ ।

कन्या : आफन्तको काममा समय व्यतित हुनेछ । नयाँ ठाँऊको यात्रा गर्ने अवसर प्राप्तहुने छ । व्यापार व्यावसमा साथीको सहयोग रहनेछ ।

तुला : नचोसेको आर्थिक भार व्यहोर्नुपर्ने देखिन्छ । अध्ययको लागि परिश्रम गर्नपर्नेछ । प्रेमिकासँगको मिलन आनन्दमय बन्नेछन । महयान्हपछि पेटसम्बधी समस्या आउने छ ।

वृश्चिक : सामान्य कुरामापनि विवाद उत्पन्न हुनेछ । बोल्दा विचार गर्नु पर्नेछ । आर्थिक कारोवार गर्दै नगर्नु होला पारिवारिक सहयोग प्राप्त हुनेछ ।

धनु : वैदेशिक कार्य बन्नाले मनमा उमंग हुनेछ । काम व्यस्तताले गर्दा अध्ययनमा सहयोग पुग्ने छैन । आर्थिक लेनदेन निकै विचार गरेर गर्नुहोला ।

मकर : आर्थिक सामाजिकक क्षेत्रमा मन लाग्नेछ । रोकिएको कामहरु बन्नेछन् । बोलीको प्रभाव बढ्ने छ । अध्ययन गर्ने रुचि बढ्ने छ ।

कुम्भ : पारिवारिक भेटघार तथा प्रेमिसँगको मिलन हुनेछ । मित्रवन्धुको पूर्ण सहयोग रहने छ । अध्ययनको लागि राम्रो दिन रहनेछ । स्वास्थ्यले साथ दिनेछ ।

मीन : शत्रु बढ्ने छन् । मनमा खिन्नता हुनेछ । नसोचेको व्यतिदेखि आर्थिक सहयता प्राप्त हुनेछ । मध्यान्हदेखि शत्रु परास्त हुनेछ । खानपानमा विचार गर्नुहोला । प्रेमप्रेमिका विच सामान्य दिवाद उत्पन्न हुनसक्नेछ ।

ज्योतिष अर्जुनप्रसाद न्यौपानेबाट
सम्पर्क नम्बर स् ९८४१७९६७८८

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment