निमित्तको जिम्मा तेस्रो वरियताकालाई दिइएको भन्दै नेपाल प्रहरीमा असन्तुष्टि

 


काठमाडौं । एआईजी निरजबहादुर शाहीले निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी पाएका छन् । नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी हुन आइतबार टर्की प्रस्थान टर्की प्रस्थान गरेपछि शाहीले निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी पाएका हुन् ।

निमित्त प्रहरी महानिरीक्षकको जिम्मा पाएका शाही तेस्रो वरियाताका हुन् । महानिरीक्षक थापाको अनुपस्थितीम शाहीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामको जिम्मेवारी पाउने जनाइएको छ ।

उता तेस्रो बरियताका एआईजी शाहीलाई जिम्मेवारी दिइएको भन्दै दोस्रो बरियताका एआईजी हरिबहादुर पालले असन्तुष्टि जनाएका छन् ।

उनले असन्तुष्टि जनाउदै विदामासमेत बसेकाे बताइएकाे छ । उनी प्रहरी महानिरीक्षक क्षेत्रीलाई विदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत नगएको बुझिएको छ ।

प्रहरी नियमावलीमा बरिष्ठतमलाई कार्यवाहकको जिम्मा दिनुपर्ने उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment