राम प्रसाद दुलाल स्मृति पुरस्कार भट्टराईलाई


इलाम  मंसिर : प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वर्गिय राम प्रसाद दुलालको स्मृतिमा स्थापित राम प्रसाद दुलाल (जिल्ला बा) स्मृति पत्रकारीता पुरस्कार इलामका बरिष्ठ पत्रकार विजयशेखर भट्टराईलाई प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन इलामको बैठकले इलामको पत्रकारीतामा योगदान पुर्याएको भन्दै भट्टराईलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । शनिबार इलाममा आयोजना गरिने कार्यक्रममा पुरस्कार प्रदान गरिने युनियनका जिल्ला अध्यक्ष सविता पाण्डेले जानकारी दिनुभयो ।  

             नेपाल प्रेस युनियन इलाम शाखाको पहलमा स्वर्गिय रामप्रसादको स्मृतिमा दुलाल परिवारले पुरस्कार स्थापना गरेको हो । भट्टराईलाई नगद २० हजार सहित दोसल्ला र प्रमाण पत्रले पुरस्कृत गरिने नेपाल प्रेस युनियनका सचिव टीका खतिवडाले बताउनुभयो । सो पुरस्कार पत्रकारिता क्षेत्रमा जिल्लाकै उच्च धन राशीको पुरस्कार हो । 

                विगत २८ वर्षदेखि पत्रकारीता क्षेत्रमा आवद्ध भट्टराई हाल नेपाल टेलिभिजनका जिल्ला सम्बाददाता र सुत्रधार अनलाइनका प्रधान सम्पादक हुनुहुन्छ । भट्टराईले विगतमा देशान्तर साप्ताहिक,  राष्ट्रिय समाचार समिति, नेपाल समाचार पत्र दैनिक, राजधानी दैनिक, जस्ता समाचार संस्थाहरुमा सम्बाददाताको रुपमा काम गर्नुभएको थियो । इलाममा विगतमा सूत्रधार साप्ताहिकको कार्यकारी सम्पादकका साथै रेडियो नेपालबाणीको स्थापनामा प्रमुख भुमिका निभाएर स्टेसन म्यानेजरको रुपमा समेत काम गर्नु भएको थियो । भट्टराई नेपाल प्रेस युनियनका पुर्व सभापति समेत हुनुहुन्छ । 

            बि.स २०३१ मा माइजोगमाई गाउँपालिकाको नामसालिड. स्थित घुमाउने टारमा जन्मिएका पत्रकार भट्टराई २०५१ सालबाट पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । 

            पत्रकारीताको माध्यमबाट जिल्लाको कृषि, पर्यटन, शिक्षा, र शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याएकोमा पुरस्कार प्रदान गर्न लागिएको हो । भट्टराई जिल्लामा उत्पादित जलबिद्युतका क्षेत्रमा पत्रकारितामा बिशेष कलम चलाउनुहुन्छ । पत्रकारीताको माध्यमबाट कृषि, पर्यटन र शिक्षा क्षेत्रमा योगदान गर्ने जिल्लाका पत्रकारलाई प्रत्येक वर्ष प्रदान गरिने पुरस्कार यसै वर्ष स्थापना गरिएको हो । नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवम् स्वर्गीय दुलालका परिवारका सदस्य माधव चौलागाईले एक महिना अघि पुरस्कार स्थापना गर्न लागिएको घोषणा गर्नुभएको थियो । पत्रकार चौलागइँकै अगुवाईमा यसै वर्ष पुरस्कारको स्थापना भएको हो । 

          २०१५ सालको चुनावी अभियानमा प्रजातन्त्रको पक्षमा उभिएका प्रजातान्त्रिक योद्धा दुलालले नेपाली काँग्रेस जिल्लाको सभापतिको भुमिकामा समेत काम गरेको इतिहास ररहेको छ । दुलालको स्मृतिमा परिवारका सदस्यहरुले अक्षयकोष खडा गरी पुरस्कार स्थापना गरेका हुन् ।

पत्रकार भट्टराईको पत्रकारिता क्षेत्रमा काम गरेको अनुभव

  • देशान्तर साप्ताहिक २०५१ असारदेखि २०६० सम्म 
  • समाचारपत्र दैनिक २०५४ भाद्रदेखि २०५९ सम्म 
  • राष्ट्रिय समाचार समितिमा २०५५ भाद्र ३१ देखि २०५७ सम्म 
  • सुत्रधार साप्ताहिक इलाम २०५६ देखि २०६० सम्म कार्यकारी सम्पादक 
  • राजधनी दैनिकमा २०५८ भाद्रदेखि २०६१ सम्म 
  • रेडियो नेपालबाणीमा स्टेसन म्यानेजर २०६७ कार्तिक २५ देखि दुइ वर्ष 
  • नेपाल टेलिभिजनमा जिल्ला सम्बादाता २०५८ माघ १ देखि हाल सम्म कार्यरत 
  • भर्खरैबाट सञ्चालित सुत्रधार अनलाइनको प्रधान सम्पादक
  • नेपाल प्रेस युनियनको दुइ कार्यकाल इलाम शाखा सभापति 

           नेपाल पत्रकार महासंघ पाँचथर इलाम शाखा पछि इलाममा छुट्टै शाखा गठन गर्दाको संस्थापन शाखा सदस्य हाल नेपाल पत्रकार महासंघको केन्द्रिय परिषद सदस्य  हुनुहुन्छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment