इलाममा रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार वितरण


इलाम, ४ मंसिरः इलाममा शनिबार रामप्रसाद दुलाल (जिल्ला ब) स्मृति पत्रकारिता पुरस्कार वितरण भएको छ । इलाम नगरपालिका ४ मलते सावविक माईपोखरी गाविसमा जन्मनु भएका स्वार्गिय रामप्रसाद दुलालाको स्मृतिमा संचारकर्मी दुलालका नाति माधव प्रसाद चम्लागाँईको पहलमा इलाम जिल्लाकै अत्याधिक धनराशीको पुरस्कार स्थापना भएर आज वितरण भएको हो ।

विगत ३ दशकदेखि इलामलाई कार्यक्षेत्र बनाएर कलम चलाई रहनुभएका अग्रज पत्रकार विजयशेखर भट्टराईलाई सम्मान पत्र तथा नगद वीसहजारसहित सो पुरस्कार नेपाल प्रेस युनियनको आयोजनामा प्रदान गरिएको छ । भट्राईलाई नेपाल प्रसयुनियनकी अध्यक्ष सविता पाण्डेले दोसल्ला ओढाएर सम्मन गर्नुको साथै कार्यक्रमका प्रमुख अतिधि नेपाल प्रेस युनियनका महासचिव अजयवावु शिवाकोटीले सम्मान पत्र र प्रमुख जिल्ला अधिकारी ध्रुव वहादुर खड्काले नगद सहित पुरस्कार प्रदान गरिएको थियो । 

युनियनकी अध्यक्ष सविता पण्डेको सभापतित्वमा भएको कार्याक्रमको प्रमुख अतिथि नेपाल प्रेस युनियनका महासचिव अजयबावु शिविाकोटी रहेका थिए । जिल्लाका प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्का, प्रहरी प्रमुख महेन्द्र कुमार श्रेष्ठ, विभिन्न पाटीका प्रतिनिधि लगायत स्वर्गिय दुलालका परिवारको उपस्थितिमा पुरस्कार वितरण भएको हो । 

कार्यक्रम नेपाल प्रेस युनियन इलामका सचिव टिका खतिवडाले सञ्चालन गरेका थिए भने कार्यक्रममा उपस्थितिलाई नेपाल प्रेस युनियनका उपाध्यक्ष विनय तिम्सीनाले स्वागत गरेका थिए । 

पुरस्कार वितरण कार्यक्रममा स्वर्गिय दुलाको जिवनको बारेमा उनका जेठा छोरा जीवन प्रसाद दुलालले जानकारी गराएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विप्लव भट्टराई, नेपाल प्रेस युनियनमा पूर्व अध्यक्ष सोम सुसेली, नेपाली काँग्रेसका सचिव खगेन्द्र देवान, कांग्रेसका महासमिति सदस्य हरि खनाल, पूर्ण चन्द्र गौतम, नेकपा माओवादीका कार्यालय सचिव प्रकाश परियार, प्रमुख जिल्ला अधिकारी खड्का लगायतले दुलालको बारमा आफ्ना भनई राख्दै पुरस्कृत भट्टराईलाई वधाई दिएका थिए । 

प्रमुख अतिथि शिवाकोटीले अमर हुनकोलागि समाजमा योगदान गर्नु पर्छ भन्दै दुलालको जिवनबाट धेरै कुरा सिक्नु पर्ने वताएका थिए ।  

छोरी पटीका नाती माधव चम्लागाँईले दुलालको प्रेरणले नै आफु यो स्थान सम्म आईपुगेको कार्यक्रमा वताएका थिए । 

नेपाली कांग्रेसको राजनीतिक जिवनमा धेरै नै महत्वपूर्ण काम गर्नुभएको दुलालको जिवनबाट नयाँ पुस्ताले समाज सुदारक तथा कृर्षिमा सिक्नुपर्ने कुराहरु धेरै भएको पनि कार्यक्रमा बोलने वक्ताहरुले वताए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment