१६ वर्षीया बालिकालाई यौन कार्यमा लगाउने नेवारी खाजा घरका सञ्चालक पक्राउ



काठमाडौं । १६ वर्षीया बालिकालाई जबर्जस्ती यौन कार्यमा लगाउने नेवारी खाजा घरका सञ्चालक पक्राउ परेका छन् ।

गुल्मी घर भइ काठमाडौं कोटेश्वरमा नेवारी खाजा घर सञ्चालन गर्दै आएका नेत्रलाल ज्ञवालीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

पक्राउ परेका ज्ञवालीलाई मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अनुसार अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

गत वैशाखदेखि होटलमा बन्धक बनाइ बालिकालाई गाली गलौज तथा धम्की दिएर यौन सम्बन्ध राख्न लगाउने गरेको ब्युरोले जनाएको छ । खाजा घर सञ्चालक ज्ञवालीले होटलनजिकै रहेको कोठालगायतका होटेलमा यौन सम्बन्ध राख्नका लागि पठाउने गरेको ब्युरोको अनुसन्धानमा खुलेको छ ।

आफूलाई जबर्जस्ती यस्तो कार्यमा लगाउँदा बालिका पटक÷पटक घर जान खोज्दा पनि खाजा घर सञ्चालक ज्ञवालीले उनलाई थुनामा राखेका थिए । ज्ञवालीले प्रत्येक दिन ३ देखि ५ जना परपुरषसँग उनीसँग सम्बन्ध राख्न लगाउने गरेको अनुसन्धानमा खुलेको छ ।

प्रहरी होटेल चेकजाँचमा आएको समयमा बालिकालाई आफ्नै मन्जुरीमा होटलमा खाना पकाउन, भाँडा माझ्न आएको हो भनेर भन्न लगाउने र प्रहरी गएपछि यौन सम्बन्ध राख्न लगाउने गरेको पनि ब्युरोको अनुसन्धानमा खुलेको छ ।

ब्युरोले गत भदौ २५ मा नेवारी खाजा घरबाट ती बालिकालाई उद्धार गरेको हो । तर, ज्ञवालीलाई भने यहीँ कात्तिक १७ गते प्रक्राउ गरेको थियो । ब्युरोले ज्ञवालीसँगै घनामा संलग्न अन्य प्रतिवादीको पनि खोजी कार्य गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment