आजदेखि नेपालले भारतलाई विद्युत् बेच्ने


काठमाडौं । पहिलो चरणअन्तर्गत आजदेखि नेपालले भारतलाई विद्युत् निर्यात सुरु गरेकाे छ । पहिलो चरणअन्तर्गत मंगलबार राति १२ बजे रातिदेखि ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट विद्युत् निर्यात सुरू गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार पहिलो चरणमा ३९ मेगावाट विद्युत निर्यात गरिएकाे छ । अब विस्तारै क्रमश विद्युतको निर्यात बढाउँदै लैजाने प्राधिरणले जनाएको छ ।

प्राधिकरणका अनुसार ४५६ मेगावाटको माथिल्लो तामाकोशी, ६९ मेगावाटको मस्र्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोसीबाट उत्पादन हुने विद्युत पनि भारतीय बजारमा पुग्नेछ ।

प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म एक्सचेन्ज बजारमा विद्युत निर्यात हुने पनि प्राधिकरणले जनाएको छ भने विद्युतको प्रतियुनिट बिक्री दर मार्केट क्लियरिङ प्राइसका आधारमा निर्धारण गरिनेछ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment