भीम रावल र घनश्याम भुसाललाई भोट नहाल्न ओली पक्षकाे उर्दी

 

चितवन । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि चितवनको सौराहस्थित होटल सेभेन स्टारमा मतदान भइरहेको छ । मतदान भइरँदा केपी ओली पक्षले आफू पक्षीय उम्मेदवारको सूची तयार गरेर प्रतिनिधिलाई वितरण गरेकाे छ ।

ओली पक्षका नेताहरुले अध्यक्षको दाबेदार भीम रावललगायतलाई मत नहाल्न उर्दी जारी गर्दै रेजा लगाएको सुची बाँडेको छ । ओली पक्षले कसलाई भेट हाल्ने र कसलाई नहाल्ने भनेर सूची नै तयार गरेको छ ।

एमालेको नयाँ नेतृत्वको दौडमा केपी ओली र भीम रावल रहेका छन् । पदाधिकारीसहित केन्द्रीय कमिटी सदस्यको केही पदमा पनि निर्वाचन भइरहेको छ ।

मंगलवार बिहान ४ बजेबाट शुरु भएको मतदान शुरु बिहान ८ बजेसम्म चल्ने छ । अहिलेसम्म ८०० बढीले मतदान गरिसकेको एमाले महाधिवेशन निर्वाचन आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment