कर्णालीको मुख्यमन्त्रीमा कांग्रेसका जीवनबहादुर शाहीकाे दाबी

हुम्ला । नेपाली कांग्रेसका कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गर्न लागेका छन् । उनले आजै दिउँसोसम्म दावी पेश गर्ने तयारी छ।

मुख्यमन्त्रीमा दाबी पेश गर्न चाहिने कागजी दस्तावेज तयार गर्ने काम भईरहेको कांग्रेस प्रदेशसभा दलका सचेतक हिमबहादुर शाहीले बताए। सत्ता साझेदार दलहरुको सहभागितामा दावी पेश गरिन्छ अहिले त्यसको लागि तयारी चलिरहेको छ, उनले बताए।

प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले मंगलबार बेलुका साढे ७ बजेभित्र मुख्यमन्त्रीको लागि दावी पेश गर्न आह्वान गरेका छन्।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment