देउवाको समूहमा परेनन् विश्वप्रकाश, भने– ‘तर म महामन्त्रीमै लड्छु



काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा संस्थापन पक्षका उम्मेदवार शेरबहादुर देउवाको समूहमा अटाएनन् । जारी १४ औँ महाधिवेशनमा देउवाले शर्मालाई महामन्त्रीको उम्मेदवार बनाउन नमानेका हुन् ।

आफूलाई संस्थापन पक्षले टिममा पार्न नसकेको भन्दै शर्माले आफु जुनसुकै हालतमा महामन्त्रीमै उम्मेदवारी दिने बताए । तर टिमका बारेमा भने अझसम्म केही निर्णय हुन नसकेको उनले जानकारी दिएका हुन् ।

जारी महाधिवेशनमा आज विभिन्न पदका लागि उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment