लुम्बिनीको मायादेवी मन्दिर नजिकै एक युवतीको शव फेला


रुपन्देही । लुम्बिनीको मायादेवी मन्दिर नजिकै एक युवतीको शव भेटिएको छ ।

मंगलबार साँझ करीब ५ः३० बजे लुम्बिनी साँस्कृतिक नगरपालिका–३ मा रहेको मायादेवी मन्दिर पछाडि झाडिमा अन्दाजी २० वर्षीया युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए ।

शव भेटिएपछि इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment