कांग्रेस उपसभापति पूर्णबहादुर र धनराज निर्वाचित, गच्छदार ९ मतले पराजित


काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । बुधबार भएको उपसभापतिको मतगणनामा अन्य प्रतिस्पर्धीलाई पराजित गर्दै खड्का र गुरुङ विजयी भएका हुन् ।

उपसभापतिका उम्मेदवार विजयकुमार गच्छदार झिनो मतान्तरले पराजित भए ।

पार्टीको निर्वाचन समितिका अनुसार खड्का दुई हजार ७६ र गुरुङ १८ सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । गच्छदार नौ मतले धनराजसँग पराजित भए । उनले १८ सय ६१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी चन्द्र भण्डारीले १५ सय ५१ मत पाए । उपसभापति पदका उम्मेदवार महेश आचार्यले५८९ , सुजाता कोइरालाले ६४४ र दिव्यश्वरी शाहले १३२ मत पाए ।

आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका थिए भने कोइराला प्रकाशमान सिंह पक्षबाट उम्मेदवारी थिइन् । शाह भने विमलेन्द्र निधि पक्षबाट उम्मेदवार बनेकी थिइन् ।

यसअघि नै पार्टी सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । महामन्त्री र अन्य पदाधिकारीको मतगणना भने बिहीबार बिहानदेखि हुनेछ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment