देशै भरका सबै विद्यालय माघ १५ गतेसम्म बन्द, अब होटल प्रवेश गर्दा कोरोनाबिरुद्ध खोप लगाएकाे कार्ड अनिवार्य


काठमाडौं २५ पुष। अब होटल प्रवेश गर्दा पनि कोरोनाबिरुद्धको खोप लगाएकाे कार्ड अनिवार्य देखाउनु पर्ने भएको छ ।
आज बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले होटल प्रवेश गर्दा अनिवार्य कोरोनाबिरुद्धको खोप लगाएको कार्ड देखाउनु पर्ने निर्णय गरेको हो ।
नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण दर बढेसँगै नेपाल सरकारले कडाइ गरेको हो । आइतबार मात्रै नेपालमा १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
(सीसीएमसी)ले देशै भरका सबै विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment