मुलुकभर एकैदिन थपिए २ हजार ४४४ जना नयाँ संक्रमित, ३१३ द्वारा स्वास्थ्यलाभ


काठमाडौं २७ पुष। पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ३३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ६४८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ९८१ जना र ४ हजार ६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ३३ हजार ८९४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३१३ जना कोरोनामुक्त भए, १ संक्रमितको मृत्यु
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय १३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १४ हजार ७९८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १५ हजार ३३ जनाको परीक्षण हुँदा हालसम्म कुल ५८ लाख १३ हजार ४६५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०७ पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment