इलाममा तपाईको मास्क खोई ? अभियान


इलाम, २७  पौषः  कोभिड –१९ को पहिलो तथा दोस्रो लहरको नियन्त्रण संगै पुनः कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नेपालमा पनि क्रमिक रुपमा फैलिरहेको छ ।


समयमानै यसको संक्रमणबाट बच्न, नियन्त्रण तथा रोकथाम गर्न जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहत प्रहरीबाट तपाईको मास्क खै ? अभियान शुरू गरेको छ । इलाममा प्रहरीले स्वास्थ्य सुरक्षाका मापडण्ड सम्बन्धी सचेतना जगाउने, मास्क नलगाउने पैदल यात्रु, सवारी साधनका चालक, सहचालक, यात्रु तथा सर्वधारणलाई मास्क समेत बितरण गरीएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाको कमाणडमा खटिएको टोलिले चोकबजार, जिरो,धोबिधारा, बिप्ल्याटे बजार, गोलाखर्क लगायतको क्षेत्रमा स्थानिय मानिसहरुलाई कोरोना भाइरसबाट सचेत रहन जानकारी  गराउँदै मास्क समेत बिरतण गरेको छ । 




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment