इलाम जिल्ला ए डिभिजन लिगः रेड हर्स र देउराली सेमिफाइलमा


इलाम, २७ पुषः इलाममा जारी जिल्ला ए डिभिजन लिगमा समुह वी बाट रेड हर्स फुटबल क्लव र देउराली स्पोटिङ क्लब सेफिाइनलका लागि क्वालिफाई भएका छन् । 


इलामको ठूलो टुँडिखेलमा आज भएको पहिलो खेलमा देउराली स्पोटीङ क्लवले त्रिवेणी युथ क्लवलाई  २–१ ले पराजित गरेको छ । जीत सँगै देउरालीले ११ अंक बनाएको छ । गोल अन्तरका आधारमा देउरालीले क्वालीफाई गरेको हो । दोस्रो खेलमा रेड हर्स फुटबल क्लवले क्लव ओएशिषलाई २–० ले पराजित गर्दै १२ अंकका साथ अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।  
समूह वी को  शिर्ष स्थानमा रहेकोले समूह ए को दोस्रो स्थानमा रहेको सँग सेमिफाइनल खेलने छ भने समूह वी को दोस्रो स्थानमा रहेकोले समूह ए को पहिलो स्थानमा रहेको सँग सेमिफाइनल खेलने छ । 

लिगमा टप स्कोरार देउराली स्पोटीङ क्लवका सुमन धमला रहेका छन् उनले लिगमा दुई ह्याट्रिक  सहित ९ गोल गरेका छन् ।

लिगमा  इलाम जिल्लाका १३ वटा क्लबको सहभागिता रहेको लिगमा ए पोलमा ६ टीम र वी पोलमा ७ वटा टीमको सहभागीता रहेको छ । 

लिगको विजेताले प्रदेश लिग खेलने छ भने लिगको अन्तिम दुई स्थानमा रहेका टिमहरु रेलिगेशन भएर बी डिभिजनमा झर्नेछन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment