मेची राजमार्गको इलाम रोङमा पिकअप दुर्घटना हुदा २ को मृत्यू एक जना गम्भीर घाइते


इलाम, १३ माघः  इलामको रोङ गाउँपालिका ४ पहिरो स्थित मेचि राजमार्गमा पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।  
झापाबाट इलाम तर्फ आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको खालि पिकअप आफै अनियन्त्रित भई सडकवाट अन्दाजी ५०० मिटर तल झरि दुर्घट्ना हुँदा उक्त पिकअपमा सवार चालक सहित ३ जना मध्ये  जिल्ला झापा मेचिनगर नगरपालिका ४ वस्ने वर्ष ५५ को रमेश थापा र सोही स्थान वस्ने वर्ष ४० को सुर्य वहादुर थापाको घट्ना स्थलमा नै मृत्यु भएको हो ।
पिकअप चालक जिल्ला झापा मेचिनगर नगरपालिका ४ वस्ने वर्ष ३३ को अर्जुन कोइराला समते गम्भीर घईते भएको अवस्थामा  प्रहरी चौकी किटेनीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको टोलिले उद्धार गरि उपचारको लागि विएण्डसि अस्पताल झापा  पठाइएको छ । दुर्घटनाको बारेमा थप अन्य अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment