१ करोड ६३ लाख मूल्य बराबरको सामानसहित ट्रक नियन्त्रणमा



वीरगंज १३ माघ । पर्सा प्रहरीले भन्सार छली गरेर ल्याउँदै गरेको १ करोड ६३ लाख बराबरको सामान बरामद गरेको छ ।
विल विजकभन्दा बढी खुद्रा बस्तुहरू लोडगरी बुटवलतर्फ लग्दै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यलय पर्साबाट खटिएको प्रहरी टोलीले सामानसहित ट्रक नियन्त्रणमा लिएको हो ।
वीरगञ्ज महानगरपालिका वडा नं. ८ भारतीय राजदूतावास चोकको सडकखण्डमा ना ४ ख ८३३४ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्दा सामानहरुको प्रज्ञापन पत्रसाथमा नरहेकोले उक्त ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले बताए ।
साथै बरामद गरिएको समानको १ करोड ६३ लाख रुपैया मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी प्रवक्ता एवम डिएसपी खनालले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment