झापाकाे बिर्तामोडमा ५ वर्षीया बालिका बालत्कृत


झापा१३ माघ । झापाको बिर्तामोडमा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा बिर्तामोडकै चैतुवारीस्थित प्रदीप इँटा भट्टामा काम गर्ने एक पुरुष पक्राउ परेका छन् ।
झापा प्रहरीका अनुसारपक्राउ पर्नेमा सर्लाही बरथवा नगरपालिका २ हजरीया घर भएका ३८ वर्षका गंगा मगर रहेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेपछि मगरलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
बालिकामाथि जबरजस्ती करणी भएको खबर प्राप्त हुनेबित्तिक ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment