मुलुकभर थप ८०१७ जनामा कोरोना पुष्टि, १५ संक्रमितको मृत्यु


काठमाडौं । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार ८०८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख ६२ हजार १०५ पुगेको छ ।


पछिल्लो २४ घण्टामा ५२९२ जना कोरोना मुक्त भए, १५ संक्रमितको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार २९२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ३७ हजार ०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २१ हजार ८०८ जनाको परीक्षण हुँदा हालसम्म कुल ६१ लाख ३३ हजार ०२१ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १५ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment