काठमाडौंमा महिलाभन्दा पुरुष धेरै



काठमाडौं १३ माघ। राष्ट्रिय जनगणनका २०७८ को प्रारम्भीक नतिजा बुधबार सार्वजनिक भएको छ । जसअनुसार करिब ८० वर्षयताकै कम जनसंख्या वृद्धिदर भएको पाइएको छ । त्यस्तै पुरुषकोभन्दा महिलाको जनसंख्या ६ लाखभन्दा बढी भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
त्यस्तै अर्को अनौठो तथ्याङ्पनि सार्वजनिक भएको छ । जुन मुलुकको केन्द्रीय राजधानीको हो । केन्द्रीय राजधानी काठमाडौंमा महिलाको भन्दा पुरुषको जनसंख्या न्यून भएको तथ्याङ्मा उल्लेख गरिएको छ ।
उपत्यकामा पुरूषको संख्या १५ लाख १९ हजार २०६ रहेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै महिलाको संख्या १४ लाख ७७ हजार १३५ रहेको पाइएको छ । जसअनुसार काठमाडौं उपत्यकामा महिलाको संख्या पुरुषको भन्दा ४२ हजार ७१ ले कम रहेको पाइएको हो ।
तथ्याङ्क अनुसार काठमाडौंमा पछिल्लो १० वर्षमा सबैभन्दा बढी २ लाख ७३ हजार २९२ जना थपिएका छन्।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment