माओवादी अध्यक्ष ‘प्रचण्ड’ र नेता श्रेष्ठलाई कोरोना संक्रमण


काठमाडौं २४ पुष। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेता नारयणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।
शुक्रबार साँझ गरिएको कोरोना परीक्षणमा अध्यक्ष ‘प्रचण्ड’ र श्रेष्ठको रिपोर्ट पोजेटिभ आएको हो ।
स्वास्थ्यमा केही असहजता भएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको उनको उहाँको सचिावलयले जनाएको छ ।
रिपोर्ट पोजेटिभ आएपनि स्वास्थ्यस्थिती भने सामान्य रहेको बताइएको छ । उता नेता श्रेष्ठको पनि संक्रमित भएपछि आइसोलेसनमा बस्नु भएको बताइएको छ ।
नेकपा माओवादीको आठौं राष्ट्रिय महाधिवेशनपपछि माओवादीका धेरै नेताहरुलाई कोरोना संक्रमण भएको अनुमान गरिएको थियो ।
कोरोना संक्रमण भएपछि अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुमा सतर्क रहन र स्वास्थ्यको ख्याल गर्न आग्रह गर्नुभएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment