रोङमा एकदिने स्वास्थ्य अभिमुखीकरण कार्यक्रम

  •  गोबिन्द पौडेल 


रोङ, ३० पुषः समुदायमा प्रभाव पारिरहेको तर चर्चा नगरिने रोगको निदानको लागि सरोकारुवलाहरुसगको एकदिने अभिमुखीकरण गोष्टि आज सम्पन्न भएको छ ।


समुदायमा निक्कै नागरिकहरुलाइ प्रभाबित बनाएको आखा , नाक कान ,घाटी र मुखको रोगको बारेमा  पहिचान र उपचारको लागि पुष २९ गते गाउपालिकाभरीका स्वास्थ्य कर्मीहरुसग छलफल गरिएको र आज सामुदायिक माधयामिक बिद्यालयका प्रधानाध्यापकहरुसग रोगको  लक्षण पहिचान र उपचारको बारेमा अन्र्तक्रिया गरिएको हो ।

रोङ गाउपालिका स्वास्थ्य शाखाको आयोजनामा पर्यटन सुचना केन्द्र जोरकलशको सभाकक्षमा गरिएको अन्र्तक्रियामा स्वास्थ्य कमीहरुको अन्र्तक्रियामा रोङ गाउपालिका स्वास्थ्य शाखाका उपप्रमुख युवराज काफ्ले र कोभिड अस्पताल रोङका प्रमुख डाक्टर सृजना  न्यौपानेले सहजीकरण गर्नु भएको थियोभने माध्यामिक बिद्यालयका प्रधानाध्यापकहरु सगको अन्र्तक्रियामा डा सृजना  न्यौपाने र  जिल्ला स्वास्थ्य कार्यलय झापाका  जन स्वास्थ्य अधिकृत जीवन चम्लागाइले सहजीकरण गर्नु भएको थियो । 

भने समुदायमा रहेको  आखा नाक  कान ,घाटी र मुखको रोग बारेमा सचेतना र उपचारको दायराम ल्याउन रोङका महिला स्वास्थ्य स्वयंसेबिकाहरुसग तेश्रो चरणमा अन्र्तक्रिया गरिने कार्यक्रम रहेको रोङ स्वास्थ्य शाखाका उपप्रमुख युवराज काफ्लेले बताए । समाजमा सामान्य रोगको रुपमा लिइने  यी रोगको बारेमा बिश्व स्वास्थ्य संगठनले सन् २०२० मार्च १ मा सार्वजनिक गरेको तथ्याङ्क  अनुसार  संसारमा ४६।६ करोड मानिसहरुमा श्रवण असक्तता रहेको छ जसमा ३। ४ करोड वालबालिकाहरु रहेका छन् ।बिश्व स्वास्थ्य संगठाले यसको निदानको लागि शिघ्र रुपमा कार्यनिति बनाएर नजाने हो भने आउदा बर्षहरुमा यो संख्या बढ्ने बताएको छ ,सन् २०३० सम्म ६३ करोड र सन् २०५० सम्म ९० करोड मानिसहरुमा यो समस्या देखिने आकडा गरेको छ ।दक्षिण एसियामा कुल जनसंख्याको ४।६ देखी ८।८ प्रतिसत मानिसहरुमा श्रवण असक्तता र यसमा पनि धेरै बालबालिकाहरु रहेका छन् । १५ देखी ३५ बर्षका१ अर्ब १० करोड युवाहरु बढी हल्ला हुने र मनोरन्जनात्मक कृयाकलापमा संलग्न हुने हुदा श्रवण असक्तताको उच्च जोखिममा रहेका छन ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment