निष्कर्षविहीन सकियो प्रधानमन्त्री देउवा र ओलीबीचको भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटस्थित ओली निवासमा भेटवार्ता सकिएको छ ।


दुई शीर्ष नेताहरुबीच घनीभूत छलफल भए पनि बैठकले ठोस निर्णय भने लिन सकेन । बैठकमा प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी र संसद्बाट अनुमोदन गर्न प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्री देउवाको जवाफ दिँदै अध्यक्ष ओलीले भने आफ्नो पूरानै अडान दोहोर्याएका थिए । ओलीले एमालेले कारबाही गरेका १४ सांसदलाई सभामुखले कारबाही गरेको सूचना टाँस्नुपर्ने बताए 

छलफलमा सहभागी भएका एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमाले एमसीसीमा अनिर्णित नरहने तर त्यसभन्दाअघि एमालेले उठाउँदै आएको माग पूरा हुनुपर्ने भनिएको बताए । यद्यपि, बैठक आआफ्नै अडानमा सकिएको छ भने पुनः अर्काै बैठक पनि बस्ने भनिएको छ ।

बैठकमा प्रधानमन्त्री देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेपाल कांग्रेसका पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र एमालेबाट ओलीका साथमा महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीको सहभागिता रहेको थियो ।

आज दिउँसो प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छुट्टाछुट्टै छलफल गरेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment