काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता पारित गरेको छ । प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच सरकारले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो ।
आइतबार बसेको संसद्को बैठकमा अर्थमन्त्री जनार्दशन शर्माले मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे एमसीसीका ब्याख्यात्मक बुँदाहरु पारित गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटासमक्ष पेश गरेका थिए
व्याख्यात्मक घोषणाकाे छलफलपश्चात सभामुख सापकाटोले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमाेदन भएकाे घोषणा गरे । ब्याख्यात्मक बुँदाहरुभित्र नेपालको कानूनविपरीत अनुदान सहयोग परिचालन नहुने बताइएको छ । साथै, नेपालको कानूनविपरीत हुन गएको खण्डमा ३० दिनको पूर्वलिखित सूचना दिई अनुदान रद्ध गरिने भनिएको छ ।
संसद बैठक आगामी फागुन १८ गते बुधबारसम्मका लागि स्थगित गरिएको छ ।
0 comments:
Post a Comment