गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठदेखि व्यवसायिक उडान सुरु गर्ने तयारी


काठमाडौं ५ फाल्गुन। नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठदेखि व्यवसायिक उडान सुरु गर्ने तयारी गरेको छ ।

 विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडानपछि व्यवसायिक उडानको तयारी गरिने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन उडान सुरु हुने र त्यसपछि व्यवसायीक उडानको तयारी हुने बताए । अन्तर्राष्ट्रिय व्यवसायिक उडानका लागि आवश्यक प्याकेज ल्याउने पनि उनले जानकारी दिए ।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलले केही वर्षमा यात्रुको संख्या धान्न नसक्ने भएकाले यसको बिकल्प भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुने उनले बताए । महानिर्देशक अधिकारीले बिमानस्थल सञ्चालनसँगै काठमाडौंमा हुने डाइभर्ट उडानलाई पनि सहज हुने धारणा राखे ।
उनले अर्को टर्मिलन भवन निर्माणका लागि छिटै बोलपत्र आह्वान गरिने र आगामी असोजबाट सुरु हुने जानकारी दिए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका लागि विहीबार नै थाइल्याण्डबाट यरो थाइको जहाज नेपाल आइपुगेको छ । उक्त बिमानस्थल सन २०१४ मा निर्माण सुरु भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment