जेब्रा झोला भित्र टाउको र खुट्टा फेला प्रकरणः जीउ पनि भेटियो


इटहरीः सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित नौकिलोमा जेब्रा झोलाभित्र शरीरका थप अन्य भाग फेला परेको छ । बुधबार जेब्रा झोलाभित्र पुरुषको काटिएको टाउको र खुट्टाको भाग भेटिएको थियो ।


विभत्स अवस्थामा शवका टुक्रा भेटिएपछि अनुसन्धानमा खटिएको प्रहरीको टोलीले बिहान जङ्गल सर्च गर्ने क्रममा एक किलोमिटर माथि शरीरको भाग भेटिएको हो । अनुसन्धानमा संलग्न सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहालले जिउको भाग भेटिएको जानकारी दिएका छन् ।
‘बिहान तालिम प्राप्त कुकुरसहित सर्च गर्ने क्रममा जिउको भाग भेटिएको छ’ उनले भने –‘शवको पहिचान अझै हुन सकेको छैन, शरीरको सबै भागको अब फरेन्सिक जाँच गछौँ ।’ बुधबार जङ्गलमा दाउरा खोज्न जानेले दुर्गन्ध आएको र जेब्रा झोलामा मानिसको खुट्टा बाहिर देखेपछि प्रहरीले खबर गरेका थिए ।
घटनाको अहिले इलाका प्रहरी कार्यालय धरान र सङ्घीय इकाई प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ । शवको प्रकृति हेर्दा हत्या गरेर त्यहाँ फालिएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक अन्दाजी ३० ४० वर्षको हुनसक्ने अनुमान छ ।
प्रदेश पाेर्टलबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment