एमसीसी नेपालको हितमा छ, अमेरिकाले नेपाल आएर कब्जा गर्छु भन्नु गलत हो : डा. दिक्षित


काठमाण्डौं । नागरिक समाजका अगुवा तथा बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले नेपालको प्रगतिको लागि पनि एमसीसी लिनुपर्ने बताएका छन् । उनले नेपाल अहिले टाट पल्टिएको अवस्थामा रहेको उल्लेख गर्दै कसैले दिने सहायता स्विकार गर्नुपर्नेमा जोड दिए ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमसीसी लिँदा नेपालको हित हुने सुनाए । उनले अहिले मुलुकको प्रगति हेर्नुपर्ने बताए ।उनले भने,‘अहिले एमसीसीमार्फत पाँच सय मिलियन डलरको विशुद्ध अनुदान आईरहेको छ, यो असाध्यै राम्रो कुरा हो । चीनको त कमसेकम लोन हो । अहिले हाम्रो बाटोहरुको के के दशा छ ? हेर्नुहोस त । राजधानीभन्दा बाहिर कस्तो दशा छ । यसले त बाटोघाटो र ट्रान्समिशन लाईन दिएको छ । हाम्रो विजुली धेरै भैसक्यो । कसलाई बेच्ने हो ? हामी त फस्छौं । एमसीसी त लिनुपर्छ ।’उनले प्रचण्ड र माधव नेपाल दुवै प्रधानमन्त्री भैसकेको व्यक्ति भन्दै त्यतिवेला उनीहरुले एमसीसीको विरोध किन नगरेको ? भनेर प्रश्न उठाए । नेपालमा तँ भन्दा ज्यादा म कम्युनिष्ट हुँ भनेर देखाउनको लागि एमसीसीको विरोध गरेको सुनाए ।उनले अमेरिकाले आएर नेपाललाई कब्जा गर्छ भनेर हल्ला चलाईएकोप्रति पनि आक्रोश पोखे । उनले चीनले नेपाललाई राम्रो सहयोग गरेको उल्लेख गरे । तर, उसले भनेको कुरा हामीले मान्न नपर्ने उनको भनाई छ । उनले आफ्नो मुलुकलाई जे आवश्यक छ त्यो गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment